फोटो पत्रकार महासङ्घ इलामको अध्यक्षमा पराजुली

डिसी नेपाल
३० मंसिर २०७६ १२:३४

इलाम । फोटो पत्रकार महासङ्घ इलामकाअध्यक्षमा राजेश पराजुली चयन भएका छन्।

इलाम सदरमुकाममा आइतबार भएको पहिलो अधिवेशनबाट अध्यक्षसहित सबै पदाधिकारी सर्वसम्मत चयन गरिएको हो।

समितिका उपाध्यक्षमा हरि गुरुङ, सचिवमा गोपाल दाहाल, कोषाध्यक्षमा प्रदीप खड्का र सचिवमा सुनिता राई चयन भएका छन् ।

त्यस्तै सदस्यमा टीका खतिवडा, सविता पाण्डे, किरण पौडेल, विनय तिमल्सिना, कृष्ण पाठक र प्रज्वल भट्टराई चयन भएका छन्।

त्यस्तै महाधिवेशन प्रतिनिधिमा सुदीप श्रेष्ठ र प्रदेश प्रतिनिधिमा नमिन ढकाल चयन भएका छन् ।

यसअघिको तदर्थ समितिलाई विघटन गर्दै नयाँ समिति गठन गरिएको हो।

नयाँ कार्यसमितिलाई जुझारु र सशक्त बनाउने तथा सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आफूहरुले फोटोको माध्यमबाट रचानात्मक सहयोग गर्ने नवनिर्वाचित अध्यक्षले बताए।

उनले सबैलाई समेटेर अघि बढ्ने समेत बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *