पिपिएलः अपत्यारिलो रुपमा सानो स्कोर डिफेण्ड गर्दै धनगढीले विराटनगरलाई हरायो

डिसी नेपाल
३० मंसिर २०७६ १३:२४

पोखरा। पोखरामा जारी पोखरा प्रिमियर लिगको सोमबार एक्सपर्ट धनगढी र बिराटनगर टाइटन्स बिच भएको खेलमा एक्सपर्ट धनगढीले ५ रनको जित हासिल गरेको छ ! पोखरा रंगशालामा आज बिहान टस हारेर ब्यटिङ्गको निम्तो पाएको एक्सपर्ट धनगढीले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय १७ रन बनाएको थियो ।

एक्सपर्ट धनगढीका लागि कमल सिंह ऐरिले सर्वाधिक २६ रन बनाएका थिए । नवौं नम्बरमा ब्यटिङ्ग गर्न आएका एरिले २१ बलमा २ चौका र २ छक्काको मदतले २६ रन बनाएका थिए । यस्तै अर्का विष्फोटक ब्याटसम्यान श्रीमंथ विजेरत्ने २५ रन बनाएर आउट भए। उनलाई पुनित मेहराले आउट गराए।

धनगढीका ओपनर सन्दीप सुनार ३ रन बनाएर खेलिरहँदा किशोर महतोको बलमा जितेन्द्र मुखियाको हातबाट क्याच हुन् पुगेका थिए। यस्तै ओपनिङमा आएका रोड्रिगो थोमस १६ रन बनाएर पवेलियन फर्किए। उनलाई नोमान खानले मुहम्मद आलमको हात बाट क्याच आउट गराएका थिए।

त्यस्तै सन्दीप जोरा १४ बलमा ७ रन बनाउदै आउट हुन् पुगे। उनि साहब आलमको शिकार बने। १५ बलमा ११ रन बनाएर खेलिरहेका मन्जित श्रेष्ठ मुहम्मद जेद आलमको शिकार बन्न पुगे। १८ बलमा १२ रन बनाएर क्रीजमा जमेर खेलिरहेका सौरभ खनाल लाइ नोमान यादवले आउट गराए ।

बलिङतर्फ बिराटनगरका साहब आलमले सर्वाधिक ३ विकेट लिए । यस्तै नोमान खानले २५ रन खर्चेर २ विकेट लिए । किशोर महतो, मुहम्मद जेद आलम र पुनित मेहेराले समान १-१ विकेट लिए ।

जवाफी ब्याटिङ्गमा ओर्लेको बिराटनगर टाइटन्स ११२ रनमा अल आउट भएको थियो ! बिराटनगर टाइटन्सको लागि राजु रिजाल २५, सुनिल धमला १८, पुनित मेहरा १५, नोमन खान ११, र कप्तान प्रदिप एरि १० बाहेक अन्य खेलाडीले दोहरो अंक बनाउन सकेनन । धनागढ़ीको लागि कप्तान दिपेन्द्र सिंह एरिले उत्कृस्ट बलिङ्ग गर्दै चार ओभरमा १९ रन दिएर ३ विकेट लिएर प्लेयर अफ द म्याच बन्न भएका सफल भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *