शहीद स्मारक ए डिभिजन लिगः फ्रेण्डसमाथि आर्मीको जीत

डिसी नेपाल
३० मंसिर २०७६ १५:०३

काठमाडौं । कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा फ्रेन्ड्स क्लबलाई त्रिभुवन आर्मी क्लबले २-१ ले हराएको छ । शारीरिक रुपमा बलियो मानिने आर्मीले फेण्डसलाई हराउँदै लिगको उपाधि यात्रामा सुखद सुरुवात गरेको हो ।

सातदोबाटो स्थित एन्फा कम्पेल्सको खेल मैदानमा आज भएको खेलमा नेपाल आर्मीले क्लबले पहिलो हाफमा अग्रता लिन सफल भएको थियो । आर्मीको लागि नवयुग श्रेष्ठले सुरुवाती खेलको दोस्रो मिनेटमै गोल गर्दै आर्मीले १-० को अग्रता बनाएको थियो ।

त्यस्तै दोस्रो हाफमा फ्रेन्ड्स क्लबले खेल बराबरीमा ल्यायो । ५१ औं मिनेटमा फ्रेन्ड्सका जर्सी नम्बर ११ का शक्ति राईले एक गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए । खेलको ८१ औं मिनेटमा आर्मीका जर्सी नम्बर १५ का दिनेश हेम्जनले गोल गर्दै २-१ को अग्रता दिलाएका थिए । जितसँगै आर्मीले ३ अंक जोडेको छ । तीन ब्राजिलियन खेलाडी सहित प्रशिक्षकको सहायतामा आर्मीलाई पराजित गर्ने लक्ष्य राखेको फ्रेण्डस क्लबको यो पहिलो हार हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *