नेपाली काँग्रेसद्वारा शाेक वक्तव्य जारी, मृतक ४ जनाप्रति श्रदाञ्जली

डिसी नेपाल
३० मंसिर २०७६ १७:४३

काठमाडाैं ।  नेपाली काँग्रेसले प्रजातन्त्र सेनानी बलाराम नायक, बष्ठि अभिनेता दिपक क्षेत्री, चलचित्र बार्डका अध्यक्ष केशव भट्टराई र नेविसंघका संस्थापक सदस्य चित्रबहादुर कार्कीको निधन प्रति गहिरो दुख व्यक्त गरेको छ । सोमबार एक शोक वक्तव्य जारी गर्दै काँग्रेसले नेपाली चलचित्र जगत र नेपाली काँग्रेसले मंसिर महिनाको अन्तिममा अपूरणीय क्षति पुगेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘८७ वर्षीय प्रजातन्त्र सेनानी, पूर्व महाधिवेशन प्रतिनिधि, धनुषाका पूर्व उपसभापति एवं महोत्तरीका पूर्व जिल्ला सचिव बलराम नायकको आज विहान र नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य, नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य, नेपाली कांग्रेस भोजपुरका नेता  एवं वौद्धिक व्यक्तित्व चित्रबहादुर कार्कीको मंसिर २९ गते निधन पार्टी गहिरो दुःख व्यक्त गर्दछ । नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँहरुले सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँहरुको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ ।’

यसैगरी विज्ञप्तिमा भनिएको छ, ‘चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र वरिष्ठ अभिनेता दिपक क्षेत्रीले नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु भएको थियो । उहाँहरुको निधनबाट नेपाली चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।’

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिनुका साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *