नेकपा इलामले टुङ्ग्यायो स्थानीय तहको नेतृत्व

डिसी नेपाल
३० मंसिर २०७६ २१:००

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलामको सचिवालय बैठकले नगर तथा गाउँपालिकाको इञ्चार्ज र सह–इञ्चार्ज चयन गरेको छ ।

नेकपाको इलाम नगरपालिकाको इञ्चार्जमा भक्त केसी तथा सह–इञ्चार्जमा कृष्ण श्रेष्ठ र जीवन शर्मा ढुङ्गाना, सूर्योदय नगरपालिकाको इञ्चार्जमा तेजबहादुर राई (विजय) तथा सह–इञ्चार्जमा आरवि राई र नरेश तामाङ (अमर) चयन भएका छन् ।

यस्तै, देउमाई नगरपालिकाको इञ्चार्जमा शान्ता बस्नेत (सर्कल) तथा सह–इञ्चार्जमा सूर्य पोखरेल र गोविन्द न्यौपाने (यात्री), माई नगरपालिकाको इञ्चार्जमा महेश बस्नेत तथा सह–इञ्चार्जमा वुद्धि खनाल र दीपक सिन्चुरी रहेका छन् भने चुलाचुली गाउँपालिकाको इञ्चार्जमा ओमनारायण खनाल तथा सह–इञ्चार्जमा विन्दु विश्वकर्मा र न्युशन राई, माङ्सेबुङ गाउँपालिकाको इञ्चार्जमा किरणकुमार राई तथा सह–इञ्चार्जमा तारा पौडेल (समीक्षा) रहेको नेकपा इलामले जनाएको छ ।

यसैगरी, फाकफोकथुम गाउँपालिकाको इञ्चार्जमा राजकुमार थापा (सन्देश) तथा सह–इञ्चार्जमा छत्र सुब्बा, सन्दकपुर गाउँपालिकाको इञ्चार्जमा उमेश गुरुङ तथा सह–इञ्चार्जमा याम राई र भोजप्रसाद खतिवडा (भीष्म) रहेको नेकपा इलामका कार्यालय सचिव नवराज शङ्करले जानकारी दिए।

यस्तै, माईजोगमाई गाउँपालिकाको इञ्चार्जमा कुविरमान राई तथा सह–इञ्चार्जमा जीतबहादुर राई र दाताराम सन्जेल, रोङ्ग गाउँपालिकाको इञ्चार्जमा चित्रकला बराइली तथा सहइञ्चार्जमा देवकुमार राई र विष्णुमाया खवास चयन भएको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *