च्याम्पियन्स लिग ड्रः बार्सिलोना र नापोली, रियल र सिटी, डर्टमण्ड र पिएसजी भिड्ने

डिसी नेपाल
१ पुष २०७६ ८:३८

काठमाडौँ । यस सिजनको युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ । सोमबार भएको ड्रमा स्पेनिस महारथी रियल मड्रिड प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीसँग खेल्ने भएको छ भने बार्सिलोना भने इटालियन क्लब नापोलीसँग खेल्ने भएको छ ।

त्यस्तै फ्रेन्च क्लब पिएसजी जर्मनी क्लब डोर्टमण्डसँग खेल्ने भएको छ भने स्पेनिस क्लब भलेन्सिया इटालियन क्लब एटलान्टासँग खेल्ने भएको छ । त्यस्तै प्रिमियर लिग क्लब लिभरपुलले स्पेनिस क्लब एटलेटिको मड्रिड प्रतिद्वन्दी पाएको छ ।

त्यस्तै जर्मनी क्लब बायर्न म्युनिखले प्रिमियर लिग क्लब चेल्सी प्रतिद्वन्दी पाएको छ भने इटालियन क्लब युभेन्टसले लियोन प्रतिद्वन्दी पाएको छ । त्यस्तै प्रिमियर लिग क्लब टोटनह्यामले जर्मनी क्लब लेइपजिङसँग खेल्ने छ । अन्तिम १६ का पहिलो लिगका खेल फेब्रुअरी १८–१९ र २५–२६ तथा दोस्रो लेग मार्च १०–११ र १७–१८ मा हुने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *