पारस खड्काको चितवन राइनोजको विजयी सुरुवात

डिसी नेपाल
१ पुष २०७६ १४:५८

काठमाडौं। पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले पोखरा प्रिमियर लिग (पीपीएल) मा विजयी सुरुवात गरेको छ । हङकङका खेलाडी बाबर हायातको अर्धशतकको मद्दतमा चितवन राइनोजले ‘डिफेन्डिङ च्याम्पियन’ पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको छ ।

पोखराले दिएको १०८ रनको लक्ष चितवनले ५ विकेटको क्षतिमा १४.५ ओभरमा पूरा गर्यो । चितवनका लागि हायातले ४२ बलमा सर्वाधिक ६६ रन बनाए । उनले चार छक्का र ६ चौका प्रहार गरे । चितवनका लागि दोहोरो अंकमा रन बनाउने तीनै खेलाडी विदेशी हुन् । हायातबाहेक भारतीय खेलाडी सन्नी पटेलले २२ र युएईका रोहन मुस्तफाले ११ रन बनाए । पोखराका लागि रशिद खान र सरबजित लड्डाले २-२ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गर्न आएको पोखराले कप्तान शरद भेषवाकरको सर्वाधिक ४५ रनको मद्दतमा १०७ रन बनाएको थियो । पहिलो खेलमा अर्धशतक बनाएका कुशल भुर्तेल पहिलो विकेटका रुपमा ५ रनमा नै बाहिरिएपछि क्रिजमा आएका भेषवाकरले तीन छक्का र त्यति नै चौका प्रहार गरेका थिए ।

पोखराका लागि कुशल मल्लले १३ रन बनाउँदा आशिफ शेख, रविइन्दर सिंह र रशिद खान प्रत्येकले १० रन बनाए । चितवनका लागि सन्नी पटेल, रोहन मुस्तफा र भुवन कार्की प्रत्येकले २ विकेट लिए । पोखराले पहिलो खेल जितेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *