‘ए’ डिभिजन लिगः पहिलो खेलमा एनआरटीको शानदार जित

डिसी नेपाल
१ पुष २०७६ १६:२८

काठमाडौ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी)ले विजयी सुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सरस्वती युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै एनआरटीले सुखद सुरुवात गरेको हो ।

एनआरटीको जितमा सरोज तामाङले दुई गोल गरे । यस्तै जुनियर ओन्गुएने निकेन्ग्यु र जोर्डन एनडेम्बाले एक एक गोल गरे । सरस्वतीले भने हारबाट लिगको सुरुवात गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *