‘मेस्सीलाई बालोन डी’ ओर प्रदान गरिनु अन्याय हो’

डिसी नेपाल
१ पुष २०७६ १८:०६

एजेन्सी । क्रिस्टियानो रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेसले लियोनल मेस्सीले नयाँ सिजनको बालोन डि’ ओर अवार्ड जित्नु अन्याय भएको बताएका छन्। उनले रियल म्याड्रिडमै बसेको भए रोनाल्डोले पछिल्लो दुई सिजनमा कम्तिमा एक बालोन डी’ओर जित्न सक्ने पनि बताएका छन् ।

रोनाल्डो सन् २०१८ मा रियल छोडेर इटालियन क्लब युभेन्टस पुगेयता २०१८ मा मोड्रीच र त्यसपछि लिओनेल मेस्सीले यस सिजन उपाधि जिते । मेन्डेसले रोनाल्डो रियलमा नै बसेको भए उक्त उपाधि रोनाल्डोले जित्न सक्ने बताए ।

‘रोनाल्डोले पछिल्लो दुई सिजनमा कम्तिमा एक पटक उपाधि जित्न पर्थ्यो,’ उनले इटालियन पत्रिका टुटोस्पोर्टसँग भने, ‘ उनले रियलमा बसेको भए जित्थे होला । तर अब अर्को सिजन उनले जित्न सक्छन् । मलाई लाग्दैन यो उनको लागि न्याय भयो । उनले नेसन्स लिगको उपाधि पनि जिते । अब उनलाई थाहा छ सन् २०२० मा के गर्नुपर्छ ।’

मेन्डेसले रोनाल्डो फुटबल इतिहासकै उत्कृष्ट खेलाडी रहेको पनि बताए । ‘रोनाल्डो इतिहासकै उत्कृष्ट खेलाडी हुन्,’ रोनाल्डोले थपे, ‘पोर्चुगलले रोनाल्डो खेल्नुअघि केहि जितेको थिएन । रोनाल्डो आएपछि युरो कप र नेसन्स लिगको नै उपाधि जित्यो । त्यसअघि २००४ को युरोमा पनि फाइनल खेल्यो ।

‘रोनाल्डोले विश्व फुटबलको नै वातावरण परिवर्तन गरेका छन् । पोर्चुगल त सानो उदाहरण जसले रोनाल्डोको आगमनपछि रुप फेरेको छ ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *