दक्षिण अफ्रिकाको टेष्ट टिममा उथलपुथल !
काठमाडौं । दक्षिण अफ्रिकाले इंग्ल्याण्ड विरुद्धको टेष्ट क्रिकेट सिरिजका लागि ६ जना नयाँ खेलाडीलाई मौका दिएको छ । भारत विरुद्धको दुई म्याचको टेष्ट सिरिजमा लज्जास्पद हार बेहोरेपछि दक्षिण अफ्रिकाले टिममा ६ नयाँ खेलाडीलाई मौका दिएको हो ।
दक्षिण अफ्रिकाले पिटर मलान र रुडी सेकेण्ड ६ नयाँ अनुहारमध्येका दुई हुन् । डेन पेटरसन, रस्सी भान डर दुस्सैन, बेरन हेन्ड्रीक्स र ड्वायन प्रिटोरियस अन्तर्राष्ट्रिय एकदिवसिय खेले पनि टेष्टमा पहिलोपटक स्थान बनाउन सफल भएका छन् ।

दक्षिण अफ्रिका क्रिकेटका चयनकर्ता लिन्डा जोन्डीले भने, ‘नयाँ अनुहारको संख्याले हाम्रो नीतिको प्रतिबिम्ब गर्छ, फ्रेञ्चाइज तहमा राम्रो गरेका खेलाडीको छनोट भएको हो ।’ १७ सदस्यीय टेष्ट टोलीको फाफ डु प्लेसिसले नेतृत्व गर्ने छन् ।
टोलीका अन्य सदस्यहरुमा टेम्बा बभुमा, क्विन्टन डी कक, डीन एल्गर, बेरन हेण्ड्रीक्स, केशव महाराज, पिटर मलान, एडन मरकर्रम, जुबैर हाज्मा छन् । त्यसैगरी, एन्रिक नोर्जे, डेन पेटरसन, एन्डील फेहलुक्वायो, वर्णोन फिलन्डर, ड्वायन प्रिटोरियस, कगिसो रबाडा, रुडी सेकेण्ड, रस्सी भान डर दुस्सैन पनि टिममा अटाएका छन् ।
इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको टेष्ट सिरिज २६ डिसेम्बरदेखि सुरु हुँदैछ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment