तारा र ग्रहको नाम सगरमाथा र लालीगुराँस

डिसी नेपाल
१ पुष २०७६ १९:४७

काठमाडौं । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय खगोल युनियन (आइएयु)ले एक तारा र त्यसलाई घुम्ने ग्रहको नाम सगरमाथा र लालीगुराँस राखेको छ।

फ्रान्सस्थित पेरिसमा मंगलबार आइएयुले पत्रकार सम्मेलन गर्दै सय वर्ष पुगेको अवसर तारा र ग्रहको नामाकरण गरेको हो। यसअघि आइएयुले नेपाललाई एक/एक तारा र ग्रहको नाम राख्ने अवसर दिएको थियो।

नाम राख्नका लागि सोसाइटीले आफ्नो बेवसाइटमार्फत् नाम सिफारिस गर्न आह्वान समेत गरेको थियो। सोसाइटीले गत अगष्ट ३१ सम्ममा ४७६ ग्रह र ताराका नाम सिफारिस भएका थिए। त्यसबाट सोसाइटीले पाँच–पाँच वटा नाम छनोट गरी आइएयूलाई बुझाएको थियो।

सोसाइटीले गोर्खा, सगरमाथा, अर्निको, गौतम बुद्ध, जानकी, भृकुटी, यति, लालीगुराँस, डाँफे, कुमारी जस्ता दस वटा नाम पठाएको थियो। त्यसबाट पनि आइएयूले विभिन्न चरणमा छनोट गरी मापदण्ड पूरा भएका र चित्त बुझ्दो विश्लेषणका आधारमा लालीगुराँस र सगरमाथा छनोट गरेको थियो।

आइएयुले ११२ वटा राष्ट्रलाई नामाकरण गर्न ग्रह र ताराहरू छुट्टाइदिएको थियो। जसबाट नेपालको लागि एचडी १००७७७ वैज्ञानिक नाम भएको तारा(सगरमाथा) र त्यसलाई घुम्ने एचडी १००७७७ बी नामक ग्रह(लालीगुराँस)को नामाकरण गर्न दिइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *