माघमा विराटनगरमा राष्ट्रिय हकी प्रतियोगिता हुने
काठमाडौँ । नेपाल हकी संघको आयोजनामा यही मिति २०७६ माघ १२ गते देखि १८ गते सम्म बिराटनगरको शहिद रंगशालामा प्रथम शिखर पुरुष गिरिजा प्रसाद कोइराला स्मृति दोस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रतियोगितामा ७ प्रदेश लगायत दुई विभागीय टिम नेपाल आर्मी र नेपाल पुलिसको सहभागिता रहनेछ । गत बर्षको संस्करण २०७५ माघ २८ बाट झापाको चन्द्रगढी मा भएको थियो । उक्त प्रतियोगितामा गण्डकी प्रदेश प्रथम र नेपाल आर्मी दोस्रो भएको थियो ।
२५ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेता र उपविजेता टिमलाई नगदसहित ट्रफीले पुरस्कृत गरिने नेपाल हक्की संघका केन्द्रीय सचिव रञ्जन थापाले जानकारी दिए। गत बर्ष पाकिस्तानमा भएको एतिहासिक जित संगै नेपाल हकी विश्व वरियतामा ८४ स्थानमा रहेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment