दुई खेलाडीको सतकमा भारतद्वारा वेस्ट ईण्डिजलाई विशाल लक्ष्य

डिसी नेपाल
२ पुष २०७६ १७:५६

एजेन्सी । एक दिवसीय सिरिजको दोस्रो खेलमा भारतले वेस्ट ईण्डिजलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ। विशाखापट्टनममा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले विस्फोटक ब्याटिङ गर्दै ३८७ रन बनाएको छ।

भारतका लागि दुई खेलाडीले सतक प्रहार गरे। भारतका ओपनिङ ब्याट्सम्यान रोहित शर्मा र के एल राहुलले सतकिय पारी खेले भने श्रेयस ऐअरले अर्धसतकिय पारी खेले।

रोहितले १३८ बलमा १५९ रन बनाए भने राहुलले १०२ रन बनाए। यस्तै श्रेयस ऐअरले ५३ रन बनाए। ऋषभ पन्तले विस्फोटक ब्याटिङ गर्दै १६ बलमा ३९ रन बनाए। वेस्ट ईण्डिजका सेल्डन कोटरलले २ विकेट लिए।

तीन खेलको सिरिजमा पहिलो खेल वेस्ट ईण्डिजले ८ विकेटले जितेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *