बग्गीखाना क्षेत्रमा विशेष सफाइ

डिसी नेपाल
३ पुष २०७६ ६:३६

काठमाडौँ । उपत्यकाका विभिन्न स्थानका सफाइ अभियानकर्मीले मुलुककै प्रमुख प्रशासनिक स्थल सिंहदरबारअघिको बग्गीखाना क्षेत्रको सफाइ गरेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रहेको यस क्षेत्रमा चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा दिन दैनिक सयौँको सङ्ख्यामा सेवाग्राही आउने भएकाले सफाइका क्रममा धेरै फोहर जम्मा भएको अभियानकर्मी धीरेन्द्र साहले राससलाई जानकारी दिए ।

यो क्षेत्रमा धेरै फोहर जम्मा भएको सूचना पाएपछि आज एक दिनमात्र यहाँ विशेष सफाइ गरिएको उनले बताए ।

यहाँ नियमित सफाइ अभियान चलाउन जनशक्तिको अभाव रहेकाले त्यसो गर्न नसकिने सफाइ अभियानले जनाएको छ।

सफाइमा सिंहदरबारमा रहेका नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरीलगायत उपत्यकाका विभिन्न स्थानको सफाइमा क्रियाशील अभियानकर्मीको सक्रियता थियो।

सफाइबाट जम्मा भएको दुई गाडी फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको छ।

उपत्यकाका प्रमुख स्थानमा धेरै फोहर जम्मा भएको पाइएमा त्यस्ता स्थानमा विशेष सफाइ अभियान शुरु गरिने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *