पीपीएल : शीर्षस्थानमा रहेको चितवनविरुद्ध बुटवल भिड्दै

डिसी नेपाल
३ पुष २०७६ ९:५९

पोखरा । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल्)को आज पाँचौं दिन चितवन राइनोज र बुटवल ब्लास्टरस् आमने सामने हुने भएका छन् । पोखरा रंगशालामा हुने उक्त खेल बिहान ११ बजेर ३० मिनेटमा सुरु हुनेछ ।

राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काको नेतृत्वमा रहेको चितवन राइनोजमा अलराउण्डर करन केसी, अनिल साह, आरिफ शेख, बाबार हायात, सन्नी पटेल, रोहन मुस्तफा, भुवन कार्की, सोनु थापा, विक्रम भुषाल, विक्रम सोब, रामनरेस गिरी, सुमित महर्जन, आकाश थापा, हरिशंकर साह रहेका छन् भने नेपाली राष्ट्रिय टोलीमा नियमित बलर सोमपाल कामीको नेतृत्वमा रहेको बुटवल ब्लास्टरस्मा भिम सार्की, ललित भण्डारी, अविनाश बोहरा, हरि चौहान, असिम अन्सारी, सिद्धान्त लोहनी, शेर मल्ल, शंकर राना, सम्सेर शेख, रविन्द्र शाही, शिवम सिङ्, नितेश थापा, हर्श टोङ्क, अफ्ताबुद्दिन अहमद, विपिन खत्री रहेका छन् ।

गएको संस्करणमा बुटवल ब्लास्टरस्सँग ७० रनको हार बेहोरेको चितवन राइनोज अंक तालिकाको पहिलो स्थानमा रहेको छ भने बुटवल ब्लास्टरस् चौंथो स्थानमा रहेको छ । आजको खेलमा आफ्नो अपराजित यात्रा कायमै राख्न चितवन राइनोजले जित हासिल गर्नुपर्नेछ भने अंक तालिकाको शीर्ष स्थानको लागि बुटवल ब्लास्टरस्ले जित्नुपर्नेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *