पीपीएलः बुटवल ब्लास्टर्सले टस जितेर बलिङ गर्दै
पोखरा । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल्)को खेलमा बुटवल ब्लास्टर्सले टस जितेर चितवन राइनोजलाई ब्याटिङको निम्तो दिएको छ ।
राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काको नेतृत्वमा रहेको चितवन राइनोजको सुरुवाती ११ मा अलराउण्डर करन केसी, अनिलकुमार साह, आरिफ शेख, बाबार हायात, सन्नी पटेल, रोहन मुस्तफा, भुवन कार्की, विक्रम सोब, सुमित महर्जन, रहेका छन् भने नेपाली राष्ट्रिय टोलीमा नियमित बलर सोमपाल कामीको नेतृत्वमा रहेको बुटवल ब्लास्टर्सकाे सुरुवाती ११ मा भिम सार्की, ललित भण्डारी, अविनाश बोहरा, हरि चौहान, शेर मल्ल, शंकर राना, शिवम सिङ्, हर्श टोङ्क, अफ्ताबुद्दिन अहमद, विपिन खत्री रहेका छन् ।
आजको खेलमा आफ्नो अपराजित यात्रा कायमै राख्न चितवन राइनोजले जित हासिल गर्नुपर्नेछ भने अंक तालिकाको शीर्ष स्थानको लागि बुटवल ब्लास्टर्सले जित्नुपर्नेछ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment