पीपीएल: पारस खड्काको अर्धशतक

डिसी नेपाल
३ पुष २०७६ १२:२२

पोखरा । पोखरा प्रिमियर लिग अन्तर्गत बुटवल ब्लास्टर्सविरुद्धको खेलमा राष्ट्रिय टोलीका पूर्व कप्तान तथा चितवन राइनोजका कप्तान पारस खड्काले हाफ सेन्चुरी प्रहार गरेका छन् ।

उनले ३५ बलमा ५ चौका र १ छक्काको मद्दतले हाफ सेन्चुरी प्रहार गरेका हुन् । टस हारेर ब्याटिङ गरिरहेको चितवनको १० ओभरमा विना विकेटको क्षतिमा १०५ रनन बनाएर खेलिरहेको छ । चितवनका अर्का ओपनर रोहन मुस्तफाले २८ बलमा ३५ रन बनाएर पारस खड्कालाई साथ दिइरहेका छन् ।

राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काको नेतृत्वमा रहेको चितवन राइनोजको सुरुवाती ११ मा अलराउण्डर करन केसी, अनिलकुमार साह, आरिफ शेख, बाबार हायात, सन्नी पटेल, रोहन मुस्तफा, भुवन कार्की, विक्रम सोब, सुमित महर्जन, रहेका छन् भने नेपाली राष्ट्रिय टोलीमा नियमित बलर सोमपाल कामीको नेतृत्वमा रहेको बुटवल ब्लास्टरस्को सुरुवाती ११ मा भिम सार्की, ललित भण्डारी, अविनाश बोहरा, हरि चौहान, शेर मल्ल, शंकर राना, शिवम सिङ्, हर्श टोङ्क, अफ्ताबुद्दिन अहमद, विपिन खत्री रहेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *