बीबीएलमा सन्दिपको पहिलो खेल आज दिउँसो, इएसपीएन भन्छ–‘लामिछाने मूल्यवान खेलाडी’

डिसी नेपाल
४ पुष २०७६ ८:२७

काठमाडौं। अस्ट्रेलियन बिग बाश लिगमा नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध मेलबर्न स्टार्सले आज पहिलो खेल खेल्दैछ । ब्रिस्बेन हीटविरुद्ध उसकै होमग्राउण्ड कारारामा हुने आजको खेल नेपाली समयअनुसार दिउँसो १ बजेर ५५ मिनेटमा सुरु हुँदैछ ।

आजको खेलको पूर्वानुमान गर्दै क्रिकेट क्षेत्रको सबैभन्दा ठूलो मानिने वेबसाइट इएसपीएनक्रिकइन्फोले सन्दिप लामिछानेलाई दुई मूल्यवान खेलाडीमध्ये एक भनेको छ । उसले ‘भ्यालु पिक’मा मेलबर्न स्टार्सबाट सन्दिप लामिछाने र ब्रिस्बेन हीटबाट बेन कटिङलाई रोजेको छ ।

इएसपीएनले ‘हट पिक्स’मा मेलबर्न स्टार्सबाट बेन डंक, ग्लेन म्याक्सवेल र नथान कुल्टर नाइललाई रोजेको छ । उसले आफ्नो प्रारम्भिक अनुमानमा मेलबर्न स्टार्सको बलिङ लाइनअपलाई बलियो मानेको छ भने ब्रिस्बेन हीटको ब्याटिङ लाइनअपलाई बलियो मानेको छ । यो खेल नेपालमा टेलिभिजनमा सोनी सिक्समा र अनलाइनमा सोनी लिभमा लाइभ हेर्न सकिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *