पीपीएलः बुटवलले टस जितेर पोखरालाई दियो ब्याटिङको निम्तो

डिसी नेपाल
४ पुष २०७६ ९:५२

पोखरा । शुक्रबार पोखरा प्रिमियर लिग अन्तर्गतको पहिलो खेल बुटवल ब्लास्टर्स र पोखरा पल्टनबीच सुरु भएको छ । बुटवलले टस जितेर पोखरालाई ब्याटिङको निम्तो दिएको छ ।

बुटवलको सुरुवाती ११ मा ललित सिंह भण्डारी, हरीबहादुर चौहान, विपिन खत्री, शंखर राना, भिम सार्की, अविनाश बोहरा, नितेश थापा, हर्स टोङ, शिभम् सिंह, अफताव अहमद् रहेका छन् । त्यस्तै आजको खेलमा बुटवलका कप्तान सोमपालको ठाउँमा सिद्धान्त लोहनीलाई कप्तानीको जिम्मा दिइएको छ ।

त्यसैगरी पोखराको सुरुवाती ११ मा कप्तान शरद भेषवाकर, विनोद भण्डारी, कुशल भुर्तेल, रसिद खान, रोहितकुमार पौडेल, ललित नारायण राजवंशी, कुशल मल्ल, प्रथमेश डेक, रबिन्द्र सिंङ, सर्वजित लड्डा र इशान पाण्डे रहेका छन् ।

बिहीबारको खेलमा चितवन राइनोजसँग पराजित भएको बुटवल अंक तालिकाको पुच्छारमा रहेको छ । अंक तालिकामा सुधार गर्न आजको खेल जित्नु आवश्यक छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *