सन्दिपले ट्वीटरमा लेखे – ‘जेसुकै सोध्नुस्’, उनले सोधिन् – ‘मसँग बिहे गर्छौ ?’

डिसी नेपाल
४ पुष २०७६ १०:०८

काठमाडौं। नेपाली क्रिकेटर सन्दिप लामिछाने यतिखेर अस्ट्रेलियामा छन् । बिग बाश लिगमा उनको टिम मेलबर्न स्टार्सले यो सिजनको आफ्नो पहिलो खेल आज ब्रिस्बेन हीटविरुद्ध उसकै होमग्राउण्डमा खेल्दैछ । खेल नेपाली समयअनुसार आज दिउँसो १ बजेर ५५ मिनेटमा सुरु हुँदैछ ।

यही बीचमा सन्दिप एउटा ट्वीटका कारण चर्चामा छन् । सन्दिपले हिजो ट्वीटरमा लेखे ‘हाइ सबैजना । आउनुस् ट्जीटरमा केही प्रश्नोत्तर गरौं । मलाई जेसुकै सोध्नुस् ।’ यसको जवाफमा धेरै ट्वीटर प्रयोगकर्ताहरुले उनीसँग विभिन्न कुराहरु सोधेका छन् । यीमध्ये केही प्रश्नहरु भने निकै रोचक छन् ।

यीमध्येकी एक सुबु खड्का नामको ट्वीटर ह्याण्डलकी प्रयोगकर्ताले निकै रोचक प्रश्न सोधिन् ‘मसँग बिहे गर्छौ ?’ उनको जवाफ दिँदै राहुल नामको ट्रवीटर ह्याण्डलले लेखे ‘मोडलिङ गर त्यसपछि म सन्दिपलाई तिमीसँग बिहे गर्न सिफारिस गरिदिन्छु ।

बसन्त घिमिरे नामको ट्वीटर ह्याण्डलको प्रश्न छ – ‘के अस्ट्रेलियाँग विशेष खालको सम्बन्ध छ ? क्रिकेटबारे मात्र होइन समाजमा मिशेज लामिछाने पनि उतै हुनुहुन्छ भन्ने हल्ला छ । हल्ला मात्रै हो कि ?’ दि डिम्बेल नामको ट्वीटर ह्याण्डलको प्रश्न छ ‘दाजु अस्ती पारस दाजुलाई किन अनफलो गरेको ?’

डा. युजिर शर्मा नामको ट्वीटर ह्याण्डलको प्रश्न छ –‘स्याङजामा जन्मिएर पनि लोकसेवा पढ्न छोडेर ठोकसेवामा लागेर देशको नाम चम्काउने यत्रो जोश र प्रेरणा कहाँबाट मिल्यो ?’ एक अक्सिजन थिफ नामको ट्वीटर ह्याण्डल लेख्छन् –‘के छ ब्रो खबर .. अस्ती देखेको थिएँ, बोलाको बाल दिएनौ क्यारे । बोलाउँदा बाल नदिनेले के उत्तर दिन्थ्यौ र ?’

सन्दिपको प्रश्नमा धेरै युवतीहरुले विशेष चासो दिएका छन् । सन्जनाले सोधेकी छिन् –‘तिमी सबैभन्दा धेरै माया गर्छौ ?’ यस्तै इशु क्षेत्रीले सोधिन् ‘के तिम्रो गर्लफ्रेण्ड छ ?’ इशुको जवाफमा द लिडरले लेखे ‘नभए नि तिम्रो चान्स छैन ल ।’

सन्ध्या नेपालले पनि गर्लफ्रेण्ड छ कि सिंगल नै छौ ? भनेर सोधेकी छिन् । आयुश्माले ‘बिहे कैले गर्ने भाइ ?’ भनेर सोधिन् जसको जवाफमा डा. फिरन्तेले भने ‘बैनी छन् र भन्दै सोध्लान् ।’ नवदिपको प्रश्न उत्तिकै रोचक छ ‘सुन साइँली गीतमा गायकले कतिचोटी साइँली भन्छ ?’ प्रश्न सयौं भए पनि सन्दिपले अहिलेसम्म जवाफ भने दिएका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *