महिला फुटबल बराबरी गोलमा टुङ्गियो

डिसी नेपाल
४ पुष २०७६ १२:३७

काठमाडौँ । नेपाली राष्ट्रिय उन्नाइस वर्षमुनि (यू–१९) महिला फुटबल टोलीले बहराइनको राष्ट्रिय महिला टोलीसँग बराबरी खेलेका छन्।

बहराइनमा गएराति भएको मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली बहराइनसँग १–१ गोलको बराबरी खेल्नुभएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले जनाएको छ।

नेपालका लागि सविता रानामगरले एक गोल गरेकी थिईन्।

तीन मैत्रीपूर्ण खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा बराबरी बनाउन सफल भएको थियो।

नेपालले पहिलो खेलमा बहराइनको यू–१९ टोलीलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो र दोस्रो खेलमा नेपालले ३–० को जित निकाल्न सफल भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *