पोचेटिनोद्धारा प्रशिक्षक बन्न रियल गरेको प्रस्ताव अस्विकार !
एजेन्सी । टोटेनहमका पूर्व प्रशिक्षक माउरिसिओ पोचेटिनोले रियल मड्रिडको प्रशिक्षक बन्ने प्रस्तावालाई अस्विकार गरेका छन्।
केही समयअघि टोटेनहमको प्रशिक्षकबाट बर्खास्त भएका पोचेटिनो अहिले म्यानचेस्टर युनाइटेड वा सिटीबाट प्रशिक्षक बन्ने प्रस्तावको पर्खाइमा रहेको बताइएको छ ।
जिदानको कार्यकाल सकिएसँगै नयाँ प्रशिक्षकको जिम्मेवारी सम्हाल्न रियलले गरेको प्रस्तावमा पोचेटिनोले आफु प्रिमियर लिगको क्लबमा जान चाहेको प्रतिकृया दिएको बताइएको छ ।
युनाइटेडका प्रशिक्षक सोल्स्कजाएर तथा सिटीका प्रशिक्षक ग्वार्डिओलाको कार्यकाल सकिनै लागेकाले पोचेटिनो प्रस्तावको पर्खाइमा रहेका छन्।
रियलले गरेको १२ मिलियन पाउन्ड बराबरको प्रस्तावलाई पोचेटिनोले सहजै अस्विकार गरिदिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। जबकि सिटी र युनाइटेड दुबै प्रिमियर लिगको दौडमा लिभरपुललाई पछि पार्ने योजनामा अगाडि बढिरहेका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment