धापाखेलमा प्रकाश दाहाल स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु, बिना मगरद्वारा उद्घाटन

डिसी नेपाल
४ पुष २०७६ १८:४१

ललितपुर । ललितपुर महानगरपालिका–२४ धापाखेलमा प्रथम प्रकाश दाहाल स्मृति खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । नागदह तेक्वान्दो डोजाङले आयोजना गरेको उक्त खेल शनिबारसम्म चल्ने छ ।

प्रतियोगिताको उद्घाटन गर्दै खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले हरेक युवाले खेलमा सहभागी हुन आवश्यक रहेको बताउँदै १३आँै दक्षिण एशियाली खेलकूद (साग) का खेलाडीले देशको गरिमा उच्च बनाएको विचार राखिन् । डोजाङका प्रमुख सल्लाहकार हरिशरण गिरीले सो प्रतियोगितामा बचेको रकम सामाजिक काममा खर्च गरिने छ भने। यसैगरी वडा नं २४ का वडाध्यक्ष दिनेश कार्कीले खेलकूद स्वास्थ्यका लागि अपरिहार्य रहेको बताए ।

नेपाल तेक्वान्दो सङ्घका वरिष्ठ उपाध्यक्ष भरत महर्जनले खेलले जुनसुकै व्यक्तिलाई आर्थिक तथा सामाजिक रुपमा सफल बनाउने धारणा राखे । डोजाङका मुख्य प्रशिक्षक कविराज मालीले यस खेलमा १५ जिल्लाका खेलाडीेले भाग लिएका, २२ केजी तौल मुनिदेखि ८० केजी तौलका ३१ डोजाङका ४५० खेलाडी रहेका बताए । उनले भने, “प्रथम टिमलाई रु ५० हजार, दोस्रो टिमलाई रु ३० हजार र तेस्रो टिमलाई रु २० हजार पुरस्कार राखी प्रदान गर्ने भएका छौैैैैँ ।”

डोजाङले नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ, नागदह जाआँै, आन्तरिक तथा बाह्य पर्यटक बढाआँै भन्ने उद्देश्यसाथ प्रतियोगिताको शुरुआत गरेको हो । यसमा ‘बेस्ट फाइटर’ उपाधि पाउने एक महिला र एक पुरुषलाई रु पाँच हजार नगदले सम्मान गरिने बताइएको छ । सो अवसरमा सागमा पुम्सेमा सफल खेलाडी शिशिर श्रेष्ठलाई रु पाँच हजार पुरस्कारसहित सम्मान गरियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *