फिल्मबाट सुरु गरेका थिए करियर, मुम्बईले लाखौँ मूल्यमा खरिद गर्‍यो

डिसी नेपाल
४ पुष २०७६ २२:२१

एजेन्सी । आईपीएल २०२०को लागि बहिबार भएको अक्शनमा धेरै युवा खेलाडी शरुमाथि बोली लागेको छ। सबै फ्रेंचाईज टिमले आ–आफ्नो आवश्यकता अनुसार खेलाडी लाई खरिद गरेका छन्। ति मध्ये एक हुन–दिग्विजय देशमुख। उनलाई मुंबईले बेस प्राईज २० लाख भारुमा खरिद गरेको छ। तर उनी आफ्नो खेलको भन्दा अन्य कारणले चर्चामा रहेका छन्।

दिग्विजयले क्रिकेटमा करियर बनाउन भन्दा पहिला फिल्ममा अभिनय गरिसकेका छन्। सन २०१३ मा आएको फिल्म ‘काय पो छे!’ मा क्रिकेटर अली हाशमीको भूमिका दिग्विजयले निभाएका थिए। फिल्ममा सुशान्त सिंह राजपुत, राजकुमार राव, अमित साध, मानव कौशल लगायतका कलाकार थिए। फिल्मको निर्देशन अभिषेक कपुरले गरेका थिए।

महाराष्ट्रमा जन्मिएका दिग्वजयले आफ्नो राज्यको लागि अघिल्लो सिजनमा डेब्यु गरेका थिए। २१ वर्षीय दिग्विजय दाँया हातले ब्याटिङ तथा मध्यम गतिमा बलिङ गर्छन। उनले अहिलेसम्म एक फस्ट क्लास र ७ टी–२० खेलेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *