नेपालगञ्ज कारागारका महिला बन्दी आन्दोलित
बाँके । बाँकेको नेपालगञ्जस्थित कारागारका महिला बन्दीहरू आन्दोलनमा उत्रिएका छन्।
चौकीदार र कारागार व्यवस्थापनले गुणस्तरीय खाना नदिएको आरोप लगाउँदै यहाँका महिला बन्दीहरू आजदेखि आन्दोलनमा उत्रिएका हुन्।
कारागारका चौकीदारलाई महिला बन्दीले बन्दी गृहमै थुनेर राखेको कारागारका निमित्त जेलर दीपेन्द्र पौडेलले बताए ।
पौडेलका अनुसार चौकीदारलाई जेल प्रशासनसँग भेट्न पनि दिएका छैनन् । उनले भने, “वार्ताका लागि हामीले महिला बन्दीसँग अनुरोध गरिरहेका छौँ तर, उहाँहरू वार्तामा आउनु भएको छैन ।” निमित्त जेलर पौडेलले आजै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई घटनाबारे जानकारी गराएका थिए ।
यसअघि पुरूष बन्दीले आन्दोलन गरेका कारण जेलर, चौकीदारलगायतका कर्मचारीको सरूवा गरिएको थियो।
गत मङ्सिरको दोस्रो साता बाँके कारागार जेलरविहीन भएको थियो।
बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काले जुम्ला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्रप्रसाद श्रेष्ठलाई जेलरको जिम्मेवारी दिइसकेको जानकारी दिए ।
तर, जिम्मेवारी दिइएका श्रेष्ठ अहिले पनि कारागार बाँके पुगेका छैनन् ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment