नेपालगञ्ज कारागार : अनुसन्धानको दायरामा चौकीदार

डिसी नेपाल
५ पुष २०७६ १९:२९

बाँके । नेपालगञ्ज कारागार प्रशासनले यहाँका महिला चौकीदारमाथि आन्तरिक अनुसन्धान तथा छानविन थालेको छ । कारागार प्रशासनले चौकीदार ललिता रेग्मीमाथि छानविन थालेको कारागारका निमित्त जेलर दीपेन्द्र पौडेलले बताए।

कारागारमा रहेका महिला बन्दीले चौकीदार ललिता रेग्मीले आफूहरूमाथि नमिठो बोली दुव्र्यवहार गरेको, गुणस्तरहीन खाना दिएको लगायतका आरोप लगाउँदै शुक्रबार आन्दोलन नै गरेपछि चौकीदार रेग्मीमाथि अनुसन्धान थालनी गरिएको कारागारका निमित्त जेलर पौडेलले बताए।

शुक्रबार बिहानैदेखि आन्दोलित कारागारका महिला बन्दीले चौकीदार फेरबदल गर्नुपर्नेलगायतका माग गरेका थिए । दिनभरजसो तनावमा रहेको कारागारमा शुक्रबार बेलुका कारागार प्रशासनले चौकीदार रेग्मीमाथि अनुसन्धान गर्ने वचन दिएपछि आन्दोलन रोकिएको थियो । निमित्त जेलर पौडेलका चौकीदार रेग्मीमाथि छानविन भइरहेको छ ।

कारागारमा फेरि अप्रिय घटना नहोस् भने शुक्रबार आन्दोलनमा धेरै भूमिका खेल्ने महिला बन्दी भगवती राना र प्रेमा चन्दलाई बाँकेबाट अन्यत्र सरूवा गरिएको छ । निमित्त जेलर पौडेलका अनुसार महिलाबन्दी रानालाई नवलपरासी र चन्दलाई पाल्पा सरूवा गरी शुक्रबार साँझ नै पठाइसकिएको छ ।

गत कात्तिक १४ गते पुरूष बन्दीले आन्दोलन गरेर जेलर भरतराज पाण्डे, चौकीदार भरत फडेरा लगायतको सरूवा भएपछि कारागार जेलरविहीन भएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जुम्ला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्रप्रसाद श्रेष्ठलाई जेलरको जिम्मेवारी दिइसकेको बताए। तर, ती जेलर हालसम्म पनि कारागार बाँकेमा आएका छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *