सुशासन स्थापनाका लागि जिम्मेवारीपूर्वक काम गर्न आग्रह : मुख्यमन्त्री राई

डिसी नेपाल
५ पुष २०७६ २०:५८

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलकमा सुशासन स्थापनाका लागि पत्रकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

रिपब्लिक हेराल्ड मिडिया प्रालिको प्रथम वार्षिकोत्सव तथा कोशी अनलाइन डटकलको शुभारम्भ, कार्यालय भवन उद्घाटन र मोबाइल एपको शनिबार सार्वजनिक गर्दै उनले भने, “मुलुकको विकास र समृद्धिका लागि भरपर्दो, विश्वसनीय र जवाफदेहिताका साथ सत्यतथ्यका आधारमा पत्रकारले समाचार सम्प्रेषण गर्न सक्नुपर्दछ ।”

मुख्यमन्त्री राईले नेपालको संविधानमा प्रेसलाई पूर्ण स्वतन्त्रता प्रदान गरेको बताउँदै सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा पत्रकारिता क्षेत्रले अझ बढी जिम्मेवारीपूर्वक आफ्नो दायित्व निर्वाह गर्नुपर्ने आवश्यकतामाथि जोड दिए । उनले विश्वमा रहेका नवीनतम प्रविधिको प्रयोग नेपालको अनलाइनमा हनुपर्नेमा पनि जोड दिए ।

मिडियाका अध्यक्ष प्रभात खडका, सल्लाहकार सम्पादक गणेश लम्साल, नेपाल पत्रकार महासंघ प्रदेश नं १ का महासचिव विवेक गौतम, मिडियाका टङ्क सुवेदी र हरि अधिकारीले आचारसंहिताको पालना गरी व्यावसायिक दक्षता र उच्चतम प्रविधिको प्रयोग गरी जनताको विश्वास हासिल गर्नुपर्ने बताए ।

सो अवसरमा मुख्यमन्त्री राईले पत्रकारिताको माध्यमबाट स्वास्थ्य र कृषिको विकासमा उल्लेखनीय योगदान पु¥याएवापत लेखकद्वय नवराज सुब्बा र राजेन्द्र उप्रेतीलाई सम्मान गरिएको थियो । विराटनगर महानगरपालिका–२ मा स्थापित उक्त मिडियामा एक करोड ५० लगानी रहेको छ भने त्यसमा २० पत्रकार र कर्मचारी कार्यरत रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *