मेलबर्न स्टार्सले टस जितेर ब्याटिङ गर्दै, सन्दिप आज पनि प्लेइङ ११ मा
काठमाडौं। अस्ट्रेलियन बिग बाश लिगमा नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध मेलबर्न स्टार्सले होबार्ट हरिकेन्सविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ । टिमको प्लेइङ ११ मा सन्दिप लामिछाने पनि परेका छन् ।
बीबीएलमा आज दुई खेल हुँदैछ । अर्को खेल सिड्नी सिक्सर्स र ब्रिस्बेन हीटबीचनेपाली समयअनुसार १ बजेर ५५ मिनेटमा हुनेछ । अहिलेसम्म अंक तालिकामा मेलबर्न स्टार्स पहिलो खेलमा जितसहित तेस्रो स्थानमा छ । ३ खेलमा २ जितेको र १ खेल रद्द भएको सिड्नी थन्डर्स ५ अंकसहित शीर्षमा छ । पहिलो खेलमा जित निकालेको होबार्ट हरिकेन्स २ अंकसहित नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment