इराक कुर्दिस्तानमा रहेका नेपाली इसाई धर्मावलम्बीहरूले मनाए ख्रीष्टमस 

डिसी नेपाल
६ पुष २०७६ १३:०५
56
Shares

सुलेमानी । इराक कुर्दिस्तानमा रहेका नेपाली इसाई धर्मावलम्बीहरूले मेरी ख्रीष्टमस मनाएका छन् । गएको शुक्रबार  कुर्दिस्तानको सुलेमानी शहरमा नेपाली  इसाईहरुद्वारा स्थापना गरेको  चर्चमा विशेष कार्यक्रम गरेर मेरी  ख्रीष्टमस मनाएका हुन् ।

कार्यक्रममा कुर्दिस्तानमा रहेका इर्बिल शहर र सुलेमानीमा रहेका नेपाली इसाईहरूको उल्लेख संख्यामा उपस्थिति रहेको थियो। कार्यक्रममा कुर्दिस्तानमा रहेका विभिन्न संघ संस्थाका पदाधिकारीहरू र अन्य नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि निमन्त्रणा गरिएको थियो।

मेरी ख्रीष्टमस कार्यक्रमलाई विधिगत रुपमा कुर्दिस्तान सुलेमानी ग्रुपले समापन गरि निमन्त्रणामा आएका पाहुनाहरूलाई धन्यवाद ज्ञापन गरिएको थियो।

कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि मण्डली ग्रुपबाट पस्किएको थियो।

कार्यक्रममा सहभागी भएका पाहुनाहरूले इराकमा रहेर पनि सबैले आफ्नो आस्थाको धर्मलाई उजागर गरि प्रवासमा रहेका नेपालीहरूलाई एकजुट गराउन महत्त्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद दिएका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *