सुर्य नेपाल गल्फ सोमबारबाट

डिसी नेपाल
६ पुष २०७६ १८:३६

काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिता सोमबारबाट सुरु हुने भएको छ ।

तीन दिने प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुनेछ । प्रतियोगितामा ४३ प्रोफ्रेसनल गल्फरले खेल्नेछन् । जसमा पहिलो चरणबाट तीन एमेच्योर खेलाडीले फाइनल चरणमा प्रतिस्पर्धा गर्न पाउने छन् ।

प्रतियोगितामा नेपालको नम्बर एक खेलाडी भुवन नगरकोटी, शिवराम श्रेष्ठ, हालै प्रो बनेका शुक्र बहादुर राई र टंक बहादुर कार्की लगायतले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको विजेताले १ लाख २५ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ८०हजार तथा तेस्रोले ५८ हजार पाउनेछन् । त्यसबाहेक शीर्ष २१ मा रहने खेलाडीहरुले पनि नगद पुरस्कार पाउने बताईएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *