रेलिगेशन जोनमा रहेको वाटफोर्डसँग युनाईटेड पराजित

डिसी नेपाल
६ पुष २०७६ २१:४२

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले पाँचौ हार ब्यहोरेको छ । वाटफोर्डको घरेलु मैदानमा भएको खेलमा युनाईटेड वाटफोर्डसँग पराजित भएको हो।

वाटफोर्डले म्यानचेस्टर युनाइटेडलाई दुई शुन्यले हरायो । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा वाटफोर्डले दुई गोल गर्यो ।

खेलको ५० औं मिनेटमा सारको गोलमा वाटफोर्डले अग्रता बनायो । तर त्यसको चार मिनेटपछि वाटफोर्डले पेनाल्टीको अवसर पायो । जसलाई डिनेले गोल गर्दै वाटफोर्डको अन्तर दुई शुन्यमा पुर्याए ।

तर त्यसपछि म्यानचेस्टर युनाइटेड खेलमा फर्कन सकेन र पराजित भयो । यो हारले म्यानचेस्टर युनाइेटडलाई पाँचौ स्थानमा उक्लने मौका खेर फाल्यो । लिगको रेलिगेसन जोनमा रहेको वाटफोर्डसँगको हारले युनाईटेडलाई लाई ठुलो धक्का लागेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *