रोमाञ्चक खेलमा जित निकाल्दै वेस्ट ईण्डिजविरुद्धको एकदिवसीय सिरिजमा भारतको कब्जा

डिसी नेपाल
६ पुष २०७६ २२:०४

एजेन्सी । वेस्ट ईण्डिज विरुद्धको अन्तिम एकदिवसीय खेलमा भारतले जित हासिल गरेको छ। तीन खेलको सिरिज अन्तर्गतको अन्तिमम खेलमा भारतले रोमाञ्चक जित निकालेको हो। भारतले वेस्ट ईण्डिजलाई ४ विकेटले हराउँदै सिरिज हात पारेको हो।

३१६ रनको लक्ष्य पछ्याएको भारतले ४८.४ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो। भारतको जितमा ३ खेलाडीले अर्धसतक प्रहार गरे। रोहित शर्माले ६३ तथा के एल राहुलले ७७ रन बनाउँदा कप्तान विराट कोहलीले ८५ रन बनाए। यस्तै रविन्द्र जडेजाले ३९ रन बनाए भने शार्दुल ठाकुरले ६ बलमा २ चौका र एक छक्काको साथ १७ रन बनाए। वेस्ट ईण्डिजका किमो पौलले ३ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको वेस्ट ईण्डिजले ५० ओभरमा ५ विकेट गुमाएर ३१५ रन बनाएको थियो। ईण्डिजका निकोलस पुरनले ८९ रन बनाए भने कप्तान पोलार्डले ७४ रन बनाए। यस्तै सेई होपले ४२ रन बनाए। भारतका नवदिप सैनीले २ विकेट लिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *