भक्तपुरमा विद्यालयस्तरीय एथ्लेटिक्स प्रतियोगिता शुरु

डिसी नेपाल
७ पुष २०७६ ७:०६

भक्तपुर । भक्तपुर नगरपालिकाले नगरव्यापी विद्यालयस्तरीय एथ्लेटिक्स प्रतियोगिता शुरु गरेको छ।

प्रतियोगिताको आइतबार नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुभारम्भ गर्दै राष्ट्रिय र अन्तरराष्ट्रिय खेलाडी तयार गर्ने हेतुले विभिन्न खेलको प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्दै आएको बताए ।

उनले विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहित गर्ने उद्देश्यले भक्तपुर जिल्लाबाट वर्षको उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी, रेफ्री र अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी मेडल जित्न सफल खेलाडीको सम्मान गर्ने जानकारी दिए ।

कार्यक्रममा युवा तथा खेलकूद समितिका संयोजक श्यामकृष्ण खत्रीले प्रतियोगितामा भक्तपुर नगरका १० वटा विद्यालयका १२३ विद्यार्थीको सहभागिता रहेको जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *