इटलियन सुपरकोपाको उपाधि लाजियोलाई, फाइनलमा युभेन्टस पराजित

डिसी नेपाल
७ पुष २०७६ ८:२९

काठमाडौँ । इटालियन सुपरकोपाको फाइनलमा युभेन्टस पराजित भएको छ । गएराती सम्पन्न फाइनल खेलमा लाजियोले युभेन्टसलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

लाजियोको जितमा लुइस अलबेर्टो, सेनाड लुलिक र डानिलो कटालडीले एक एक गोल गरेका थिए भने युभेन्टसका लागि पाउलो डिबालाले एक गोल गरेका थिए ।

त्यस्तै खेलको ९३औ मिनेटमा युभेन्टसका रोड्रीगो बेन्टनकुरले रातो कार्ड पाएका थिए । इटालियन सुपर कोपाको उपाधि लाजियोले योसहित पाँचौ पटक जितेको छ । अहिलेसम्म यो उपाधि युभेन्टसले सबैभन्दा बढी ८ पटक जितेको छ भने एसी मिलानले ७ र इन्टरमिलानले ५ पटक जितेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *