रियलको निराशाजनक बराबरी, बार्सिलोनालाई फाइदा

डिसी नेपाल
७ पुष २०७६ ९:१३

काठमाडौँ । स्पेनिस ला लिगामा रियल मड्रिड गोलरहित बराबरीमा रोकिएको छ । गएराती भएको खेलमा रियल मड्रिड एथलेटिक क्लबसँग बिना गोल बराबरीमा रोकिएको हो । ला लिगामा एक सातामा रियल मड्रिड लगातार दोस्रो खेलमा गोलरहित बराबरी खेलेको छ ।

यो बराबरीपछि अब रियल मड्रिड ला लिगामा बार्सिलोनाभन्दा २ अंकले पछाडि परेको छ । केही साता दुवै क्लब बराबरीमा रहेका भएपनि यो बराबरीले रियल बार्सिलोनाभन्दा पछाडि परेको हो ।

अब बार्सिलोनाको १८ खेलमा ३९ अंकसहित शीर्ष स्थानमा छ भने रियल १८ खेलमा ३७ अंकसहित दोस्रो स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *