ब्राजिलियन खेलाडी विलियन चम्किएपछि टोटनह्याममाथि चेल्सीको शानदार जीत

डिसी नेपाल
७ पुष २०७६ ९:४७

काठमाडौँ । इङलिश प्रिमियर लिगमा चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ । गएराती सम्पन्न प्रिमियर लिगको खेलमा चेल्सीले टोटनह्यामलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा दुवै गोल ब्राजिलियन खेलाडी विलियनले गरेका थिए । विलियनले पहिलो गोल खेलको १२औ मिनेटमा गरेको थिए भने दोस्रो गोल पहिलो हाफको अन्तिम मिनेटमा पेनाल्टीबाट गरेका थिए ।

त्यस्तै खेलको ६२औ मिनेटमा टोटनह्यामका कोरियाली खेलाडी सोंग हेंग मिनले रातो कार्ड पाएपछि टोटनह्याम १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि चेल्सी १८ खेलमा ३२ अंकसहित लिगको चौथो स्थानमा रहेको छ भने टोटोनह्याम यो हारपछि १८ खेलमा २६ अंकसहित सातौ स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *