प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल: एपीएफ फाइनलमा

डिसी नेपाल
७ पुष २०७६ १६:२७

काठमाडौं । एपीएफ क्लब जारी सातौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई ५–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयको खेल मैदानमा आज भएको सेमिफाइनलमा एपीएफले शुरुआतदेखि नै पुलिस क्ब्लबलाई दबाबमा राखेको थियो । एपीएफकी सावित्रा भण्डारीले ह्याट्रिक गरे ।

यस्तै अनिता बस्नेत र रेखा पौडेलले एक/एक गोल गरे । पुलिस क्लबका लागि घिमकुमारी गुरुङ र निशा सुनुवारले एक/एक गोल गरेका थिए । एपीएफले त्रिभुवन आर्मी क्लब र भूटानको टोलीबीच आजै हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

एपीएफका लागि सावित्राले खेलको तेस्रो मिनेटमै गोल गरेकी थिईन् । यस्तै पुलिसकी निशाले खेलको ४३औँ मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पु¥याएकी थिईन्। मध्यान्तरअघिको इन्जुरी समयमा एपीएफकी अनिताले दोस्रो गोल गरिन् । लगत्तै पुलिसकी घिमकुमारीले गोल गरिन् ।

मध्यान्तरपछिको खेल सकिँदासम्म एपीएफ र पुलिस २–२ गोलको बराबरीमा थिए । त्यसपछिको अतिरिक्त समयमा एपीएफका लागि सावित्राले दुई तथा रेखाले एक गोल गरिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *