मैत्रीपूर्ण खेलमा भुटानमाथि नेपालको शानदार जित

डिसी नेपाल
७ पुष २०७६ १६:३६

काठमाडौं । नेपाली यू–१५ महिला फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा भुटानको यू–१५ टिमलाई पराजित गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार नेपालले भुटानलाई ६–१ गोल अन्तरले पराजित गरेको हो ।

अब नेपालले भुटानसँग बुधबार दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालसँग मैत्रीपूर्ण खेल खेल्नको लागि भुटानको
टिम आईतबार नेपाल आएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *