ए डिभिजन लिगमा थ्री स्टारको पहिलो जित

डिसी नेपाल
७ पुष २०७६ १७:१६

काठमाडौं । थ्री स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले पहिलो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्री स्टारलाई जित दिलाउन शुसिल राईले निर्णायक गोल गरे । खेलको ८४ औं मिनेटमा सुशन श्रेष्ठको क्रसमा अनमार्क रहेका शुसिलले गोल गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *