हरीयाली मञ्चको साधारण सभा सम्पन्न
ललितपुर । अन्तराष्ट्रिय हरीयाली मञ्चकी केन्द्रीय अध्यक्ष शुलोचना गुरुङले प्राकृतिक सम्पदा विनासको क्रम बढीरहेका बेला आफ्नो संस्थाले छोटो समयमै सक्रिय रूपमा सम्पदा संरक्षणमा महत्त्वपूर्ण भुमिका खेलेको बताएकी छन् । अन्तराष्ट्रिय हरियाली मञ्चको तेस्रो साधारण सभाको उद्घाटन समारोहमा सम्बोधन गर्दै स्थापना भएको केहि बर्षमै देशको प्राकृति सम्पदा संरक्षणमा टेवा पु¥याएको बताइन् ।
कार्यक्रममा मञ्चका राजदुतको रुपमा रहेका बिसाल राईले सबै जिल्लामा शाखा बिस्तार गर्दै संस्थाको उद्देश्य अनुरुप कामलाई तिब्रताका साथ लैजाने बताए ।
दुई दिन सम्म चलेको साधारणसभामा संस्थाका कोषाअध्यक्ष जयन्ति लावतीले बार्षिक आयब्यको विवरण प्रस्तुत गरेकी थिइन् ।
तीन बर्ष अगाडि स्थापना भएको संस्थाले देशका विभिन्न जिल्लाका साथै विदेशमा समेत शाखा बिस्तार गरिसकेको छ । साधारणसभालाई समाजसेवी एवम् महिला नेत्री शुसिला श्रेष्ठद्वारा उदघाटन गरिएको थियो। विभिन्न जिल्लाका शाखा प्रतिनिधिहरुको उपस्थित रहेको साधारणसभाले उत्कृष्ट शाखाका सदस्यहरु लाई सम्मान समेत गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment