बिरोधि समर्थकद्वारा ज्लाटनको प्रतिमा तोडफोड

डिसी नेपाल
७ पुष २०७६ २१:०९

एजेन्सी । स्विडेनका पूर्व कप्तान ज्लाटन इब्राहिमोविचको प्रतिमाको नाक विरोधिले भाँचिदिएका छन । गत महिना माल्मोको कट्टर प्रतिद्धन्द्धी क्लब हामरबेमा लगानी गरेको भन्दै विरोधमा उत्रिएका समर्थकले उनको प्रतिमाको नाक नै भाँचिदिएका छन ।

२० बर्ष अगाडी माल्मोबाट नै ब्यवसायीक करियर सुरु गरेका ३८ बर्षे इब्राहिमाविचले विरोधी क्लवमा किन लगानी गर्यो भन्दै आक्रोषित समर्थकले केहि साता अगाडी उनको प्रतिमामा आक्रमण गरेका थिए । जसका कारण उनको नाक भाँचिएको छ ।

कलाकार पिटर लिन्डीले बनाएको सो मूर्तीको बचाउका लागि अपिल गरेका छन । गत नोभम्बर २७ तारिखमा ज्लाटनले हामरबेको २५ प्रतिशत सेयर खरिद गरेको खुलासा गरेका थिए । यो सिजनमा सो क्लवले स्विडीस च्याम्पियनसिपमा तेस्रो स्थान हात पारेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *