भारतीय टिममा बुमराहको पुनरागमन, रोहित बाहिर

डिसी नेपाल
७ पुष २०७६ २३:३५

एजेन्सी । बलर जस्प्रित बुमराहलाई टिममा समेट्दै भारतले टी–ट्वान्टी र एकदिवसीय क्रिकेटका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ ।

भारतले सोमबार श्रीलंकाविरुद्धको टी–ट्वान्टी र अष्ट्रेलियाविरुद्धको एकदिवसीय खेलका लागि घोषणा गरेको टिममा बुमराह परेका हुन् ।

ढाडको चोटको कारण टिम बाहिर रहदै आएका बुराहह चोटमुक्त हुँदै टिममा फर्किएका हुन् । बुमराहसँगै शिखर धवन पनि टिममा पार्किएका छन्। उनी चोटको कारण केही समयदेखि टिमबाहिर रहेका थिए।

यस्तै भारतले टी–ट्वान्टीका लागि रोहित शर्मालाई विश्राम दिएको छ । रोहितले वेष्ट इण्डिजविरुद्धको सिरिजमा उत्कृष्ट खेलेका थिए ।

भारतले जनवरी ५ देखि १० भित्र श्रीलंकासँग तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ । यस्तै जनवरी १४ देखि १९ भित्र भारतले अष्ट्रेलियासँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *