कभानीले पिएसजी छोड्ने

डिसी नेपाल
८ पुष २०७६ १४:०४

काठमाडौँ । उरुग्वेका फुटबल स्ट्राइकर एडिसन कभानी ला लिगामा जाने भएका छन् । स्काई इटालीको रिपोर्टका अनुसार ३२ बर्षिय कभानीले ला लिगा टिम एथ्लेटिको मड्रिडमा तीन बर्षको लागि सम्झौता गरेको बताइएको छ ।

हाल फ्रेन्च च्याम्पियन पिएसजीबाट खेलिरहेका कभानीको पिएसजीमा यसै सिजनको अन्त्यमा सम्झौता सकिदै छ । सम्झौता सकिएपछि कभानी फ्री-ट्रान्सफर हुँदै एथ्लेटिको जाने सम्झौता भएको खुलासा गरेको छ । रिपोर्टमा कभानी यसै महिनामा एथ्लेटिको जाने या सिजनको अन्त्यपछि जान्छन् भन्ने बारे खुलाइएको छैन ।

कभानीले २०१३-१४ देखि पिएसजीमा खेलिरहेका छन् । उनी इटालियन क्लब नापोलीबाट पिएसजी आएका थिए । उनले पिएसजीमा अहिलेसम्म कुल २८९ खेल खेल्दै १९६ गोल गरेका छन् । यस सिजनमा उनले इन्जुरिका कारण धेरै खेल खेल्न सकेका छैनन् । पिएसजीका लागि कभानीले पाँच लिग वानको उपाधि जितेका छन् । उरुग्वेका लागि भने कभानीले अहिलेसम्म ११६ खेल खेल्दै ५० गोल गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *