सनले पाएको रेड कार्डबारे टोटेनहमले अपिल गर्ने

डिसी नेपाल
८ पुष २०७६ १८:२६

एजेन्सी । टोटेनहमले सन ह्युङ मिनले पाएको रेड कार्डबारे अपिल गर्ने भएको छ । टोटेनहमका मुख्य प्रशिक्षक जोसे मोरिन्होले चेल्सीसँगको खेलमा उनले पाएको रेड कार्डको अपिल गर्ने बताएका छन् ।

आइतबार राति चेल्सीसँग २–० को हार व्यहोर्दा सनले दोस्रो हाफमा रेड कार्ड पाएका थिए । चेल्सीका डिफेन्डर एन्टोनियो रुडीगरलाई फउल गरेपछि ६२ औं मिनेटमा सनले रेड कार्ड पाएका थिए । तर, टोटेनहमले उनको रेड कार्ड फिर्ता हुने विश्वास लिएको छ । उनी बक्सिङ डेको दिन ब्राइटनसँगको खेलमा टिममा रहने विश्वास गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *