नेयमार भित्र्याउन बार्सिलोनाले पुनः प्रयास गर्ने

डिसी नेपाल
८ पुष २०७६ १९:२९

एजेन्सी । अघिल्लो सिजनको खेलाडी ट्रान्सफर विन्डोमा स्पेनीस क्लव पेरीस सेन्ट जर्मेनबाट नेयमारलाई भित्र्याउन हर प्रयास गरेर पनि सफल नभएको बार्सिलोनाले फेरी आफ्नो त्यो योजनालाई आउदो ट्रान्सरफर विन्डोमा पनि जारी राख्ने भएको छ ।

२८ बर्षे नेयमारलाई क्याम्प नोउमा भित्र्याउन बार्सिलोनाले फेरी नयाँ थालनी गर्ने बताएको छ । आउँदो समर ट्रान्सफर विन्डोमा बार्सिलोनाले नयाँ प्रक्रिया अगाडी बढाउने छ । यो सिजनमा बार्सिलोनाले पीएसजीसँग बारम्बार नेयमारका बारेमा कुरा अगाडी बढाएको थियो । तर पीएसजीले उसले अफर गरेको बजेटलाई अस्विकार गरेको थियो ।

यतिमात्र होइन बार्सिलोनाले रकमका साथै तीन जना खेलाडीलाई पनि पठाउने बताएको थियो । तर पनि पीएसजी राजी भएन । नेयमारपनि आफ्नो पूर्व क्लवमा फर्कन निकै आतुर देखिएका छन । पीएसजीमा उनी चोटमुक्त भएर फर्किएपछि निरन्तर राम्रो खेलिरहेका छन । बार्सिलोनाको क्लवका एक पदाधिकारीका अनुसार फेरी नेयमारलार्ई भित्र्याउन उसको पहिलो प्राथमिकता रहेको छ ।

नयाँ ट्रान्सफल विन्डोमा बार्सिलोनाले खेलाडी बिक्रि गरेर एक सय ९० मिलियन पाउण्ड उठाउने र नेयमारलाई भित्र्याउन प्रयास गर्ने योजना बनाएको छ । जारी सिजनको अन्तिममा नेयमारका लागि पीएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनाद्रोले २२२ मिलियन युरो माग गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *