देशको भूगोल रक्षाका लागि सबै दल एकढिक्का हुनुपर्छ : काँग्रेस नेता थापा

डिसी नेपाल
८ पुष २०७६ २०:१९

दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा यूवा नेता गगनकुमार थापाले देशको भूगोलको रक्षाका लागि सबै पार्टीले आन्तरिक द्वन्द्व बिर्सिएर एकढिक्का हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन तनहुँ शाखाले मंगलबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल–भारतबीच देखिँदै आएको सीमा विवाद विषय कूटनीतिक तवरले सुल्झाउन सरकारसँग आग्रह गरे।

नेता थापाले नेपालको सीमाको विषय राष्ट्रियतासँग जोडिएकाले आफ्नो पार्टी त्यसका लागि सरकारलाई सहयोग गर्न तयार बताए। उनले जनताको हितमा नरहेका विधेयकहरु रोक्न जनताको साथ आवश्यक भएको उल्लेख गरे । नेता थापाले भने, “अधिकार खोस्नेगरी ल्याउन लागिएको विधेयक रोक्नका लागि जनताको साथ र सहयोग आवश्यक पर्छ ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *