विराटनगरविरुद्ध ब्याटिङ गर्दै बुटवल

डिसी नेपाल
९ पुष २०७६ ११:३४

पोखरा । पोखरामा जारि प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी अन्तर्गतको आजको खेलमा विराटनगर टाइटन्सले टस जितेर बुटवल ब्लास्टर्सलाई ब्याटिङको निम्तो दिएको छ ।

बुटवलका लागि सुरुवाती ११ मा कप्तान सिद्धान्त लोहनी, शंकर राना, भिम सार्की, अविनाश बोहरा, नितेश थापा, विकेट किपर शिभम् सिङ, मोहम्मद सम्सद शेख, हर्स टोङ्क, अफ्ताबुद्धिन अहमद, रबिन्द्र जंग शाही र कमल खत्री रहेका छन् ।

त्यस्तै विराटनगरका लागि सुरुवाती ११ मा कप्तान प्रदीप सिंह ऐरी, शाहब आलम, सुनिल धमला, लोकेश बम, नोमन खान, किशोर महतो, दिपेश श्रेष्ठ, मीनाश थापा, पुष्प थापा, पुनीत मेहरा र मुहम्मद जाइद खान रहेका छन् ।

अंक तालिकाको पाँचौ नम्बरमा रहेको विराटनगरलाई प्लेअफमा प्रवेश गर्न आजको खेल जित्नै पर्ने दवाव छ । भने बुटवल प्लेअफमा प्रवेश गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *