विराटनगरलाई बुटवलले दियो १ सय ३४ रनको लक्ष्य

डिसी नेपाल
९ पुष २०७६ १३:१२

पोखरा । बुधबार पोखरामा जारि प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी अन्तर्गतको खेलमा बुटवल ब्लास्टर्सले विराटनगर टाइटन्सलार्य १ सय ३४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको बुटवलले २० ओभर पुरा खेल्दै ८ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको हो ।

बुटवलका लागि ओपनिङ त्यति राम्रो भएन । ओपनिङमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका ओपनर अफ्ताबुद्धिन अहमद शुन्य रनमै आउट भए भने अर्का ओपनर शंकर रानाले १४ बल खेलेर २ रन मात्रै बनाए । तेस्रो नम्बरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका हर्स टोङ्कले आक्रामक ब्याटिङ गरे । उनी ४४ बलमा ६ चौका र ५ छक्काको मद्दतले ६७ रन बनाउँद दिपेश श्रेष्ठको बलमा प्रदीप सिंह ऐरीको हातबाट क्याच आउट हुन पुगे ।

चौंथो नम्बरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका भिम सार्की ५ रनमै आउट भए भने कप्तान सिद्धान्त लोहनी ११ रनमै आउट हुन पुगे ।
त्यस्तै पाँचौ नम्बरमा मैदान प्रवेश गरेका शिभम सिंङले इनिङलाई माथि उकास्ने क्रममा २६ बलमा ३७ रन बनाउँदै मोहम्मद जाहिर आलमको बलमा नोमन खानको हातबाट क्याच आउट भए । त्यस्तै सम्सद शेख ७ रन अविनाश बोहरा अविजित एक रन बनाए भने रबिन्द्र शाही शुन्य रनमै आउट भए ।

विराटनगरका लागि मोहम्मद जाहिर आलमले ४ ओभरमा २० रन दिँदै ४ विकेट लिए । त्यस्तै किशोर महतोले ४ ओभरमा २२ रन दिँदै २ विकेट लिए । भने दिपेश श्रेष्ठ र साहब आलमले समान एकएक विकेट लिए ।

अंक तालिकाको पाँचौ नम्बरमा रहेको विराटनगरलाई प्लेअफमा प्रवेश गर्न आजको खेल जित्नै पर्ने दवाव छ । भने बुटवल प्लेअफमा प्रवेश गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *