ए डिभिजनः फ्रेन्ड्सलाई पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा

डिसी नेपाल
९ पुष २०७६ १६:३४

काठमाडौं । मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार भएको तेस्रो खेलमा फ्रेन्ड्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन पिटर सेगुन, एडिलाजा सोमिडे र रेजिन सुब्बाले एक एक गोल गरे । खेलमा मछिन्द्रका विशाल राई म्यान अफ दि म्याच चुनिए ।

जितसँगै मछिन्द्रले ३ खेलमा ६ अंक जोडेको छ । र, मनाङ मर्स्याङ्दी क्लबलाई गोल अन्तरले पछि पार्दै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको हो । मछिन्द्रले २ खेलमा जित निकाल्दा १ खेलमा बराबरी खेलेको छ । तर, गत सिजन पुछारबाट दोस्रो स्थानमा रहेको कारण मछिन्द्रको एक अंक घटेको हो ।

मनाङको २ खेलमा ६ अंक रहेको छ । फ्रेन्ड्स अंक विहीन रहदै पुछारमा रहेको छ । फ्रेन्ड्सले तीन खेलमै हार व्यहोरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *