एनआरटीसँग च्यासल पराजित

डिसी नेपाल
९ पुष २०७६ १७:०४

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले दोस्रो जित निकालेको छ । बुधबार भएको तेस्रो खेलमा च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटीले लिगमा दोस्रो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटीलाई जित दिलाउन जुनियर निकेनगुए र दर्शन गुरुङले एक एक गोल गरे । च्यासलका अमिर श्रेष्ठले एक गोल फर्काए । खेलमा एनआरटीका दर्शन म्यान अफ दि म्याच चुनिए ।

जितसँगै एनआरटीले ३ खेलमा ४ अंक जोडेको छ । गत सिजन लिगको पुछारमा रहेको कारण एनआरटीको २ अंक घटेको हो । च्यासलले पनि ३ खेलमा ४ अंक जोडेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *